सुदूरपश्चिमको मौलिक देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक
काठमाडौं :-सुदूरपश्चिमको मौलिक लय, संस्कृति र जीवनशैलीलाई समेटिएको नयाँ देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक गरिएको छ। गायक रोशन टमट्टा र गायिका संगीता बडुवालको स्वरमा रहेको गीतले आधुनिक सन्देशलाई लोकशैलीको माध्यमबाट प्रस्तुत गरेको छ।

गीतका शब्द र संगीत संगीता बडुवाल स्वयंले तयार गरेकी हुन् भने दीपक संगम बि.सी.ले संगीत संयोजन गरेका छन्। देउडा शैलीमा आधारित यो गीतको भिडियो पनि उत्तिकै आकर्षक र सांगीतिक रङमा रंगिएको छ।
गीतको भिडियोमा दीपक संगम बि.सी., मिराज विक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास), गणेश जीसी र मीना बडुवालको अभिनय रहेको छ। भिडियोको निर्देशन तथा नृत्य निर्देशन मिराज विक्रम सिंहले गरेका छन्। छायांकन तथा रंग संयोजन अमित बीकेले गरेका हुन् भने सम्पादन राजेश बोहराले गरेका छन्।
सामाजिक सन्देश बोकेको यो गीत शैली, लय र प्रस्तुतिकरणको दृष्टिले उत्कृष्ट रहेको भन्दै देउडा गीतप्रेमी दर्शक–स्रोतामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ। गीत गायक रोशन टमट्टाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस्