‘मायाका मिठा कुरा’ सार्वजनिक: आकाश आचार्यको र मिसेल घिमिरेको अभिनय

काठमाडौं, २५ असार २०८१ –
नेपाली संगीत क्षेत्रमा सक्रिय ‘घामकिरी फिल्म्स’ले नयाँ प्रेमिल गीत ‘मायाका मिठा कुरा’ सार्वजनिक गरेको छ। चर्चित गायिका अस्मिता अधिकारी र गायक आकाश आचार्यको युगल स्वरमा सजिएको यो गीत मंगलबार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको हो।

गीतमा मधुसूदन घिमिरेको शब्द, उज्ज्वल सागरको संगीत तथा बिश्व अधिकारीको संगीत संयोजन र मास्टरिङ रहेको छ। नेपाली भावनालाई प्रतिनिधित्व गर्ने गरी तयार गरिएको यस गीतमा हेमन्त कञ्चा रसाइलीको सारंगीले नेपालीपन थपिएको छ।

भिडियो पक्षमा पनि उत्तिकै आकर्षक देखिएको छ।
गीतको निर्देशन र कोरियोग्राफी निर्मल पौडेलले गरेका छन् भने अभिनयमा आकाश आचार्य र मिसेल घिमिरेको केमेस्ट्री दर्शकको ध्यान खिच्न सफल देखिन्छ।

भिडियो छायांकन विवेक खड्काले गरेका हुन् भने सम्पादन तथा कलर भीम विश्वकर्माले गरेका छन्। मेकअप आर्टिस्ट श्रृष्टि थापा मगर, ड्रोन अपरेटर सुसिल डाँगी, तथा पोस्ट प्रोडक्सनको सम्पूर्ण जिम्मेवारी घामकिरी फिल्म्सले सम्हालेको छ।

गीत अहिले Ghamkiri Films को अफिसियल युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ।

© अदृश्य सञ्चार

Share Post on Social media