फिल्म ‘पीआर’ को टिजर सार्वजनिक, अस्ट्रेलियामा संघर्ष र परिवारको पिडा उठान

काठमाडौं, असार १२ – सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको नेपाली फिल्म ‘पीआर’ को टिजर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममार्फत टिजर सार्वजनिक गरिएको हो।
टिजरमा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको संघर्ष, उनीहरूले विदेशमा भोग्नु परेको दुख र नेपालमा बसेका अभिभावकहरूको पिँडा मार्मिक रूपमा प्रस्तुत गरिएको छ। समसामयिक विषयवस्तुलाई उठान गरिएको टिजरले दर्शकको ध्यान तानेको छ।



शोभित बस्नेतको निर्देशनमा तयार भएको फिल्ममा आर.ए. सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायल लगायतको अभिनय रहेको छ।
त्यसैगरी, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रबिन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसी देखिनेछन्।
फिल्मका प्रस्तुतकर्ता रञ्जित शाह (RFM Facility Management, Australia) र सन्तोष तिवारी (Lan Way Dumpling, Sydney) हुन्। निर्माता प्रदीप दाहाल (A One Group Services) र लक्ष्मण सापकोटा (इन्द्रेणी ग्रुप) रहेका छन्।
फिल्ममा शोभित बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, मानस राज र भीम बिसीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सौरभ सायमी (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) को छायांकन, र बन्दे प्रसादको सम्पादन रहेको छ।
मुख्य सहायक निर्देशकको रूपमा रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ छन् भने केवल मान सिंह बस्नेत निर्माण व्यवस्थापकका रूपमा रहेका छन्।
निर्देशक बस्नेतका अनुसार, फिल्मको ६० प्रतिशत छायांकन अस्ट्रेलिया र ४० प्रतिशत नेपालमा गरिएको हो। निर्माण पक्षका अनुसार फिल्म यो महिनाको अन्तिमदेखि अस्ट्रेलिया र न्युजिल्यान्डका सबै प्रमुख सहरहरूमा रिलिज हुने छ भने दशैंको आसपासमा विश्वव्यापी प्रदर्शन गरिने योजना छ।
फिल्मको वितरण आरआर फिल्म्स ले गर्दैछ।
आफ्नो प्रतिक्रिया दिनुहोस्