‘महाकाव्य’ : नेपाली सिनेमामा फ्यान्टेसी र एक्सनको नयाँ युग, कलाकार सूची सार्वजनिक

काठमाडौं, असार ९ –
नेपाली फिल्म उद्योगमा फ्यान्टेसी, पौराणिकता र आधुनिक एक्सनको त्रिवेणी प्रस्तुत गर्ने उद्देश्यसहित निर्माणमा तयार हुँदै गरेको सिनेमा ‘महाकाव्य’ को चर्चा दिनप्रतिदिन बढ्दै गएको छ। खुसी फिल्म्सको ब्यानरमा तयार हुँदै गरेको यो चलचित्रलाई मदन खड्काले निर्देशन गर्दै छन् भने एक्सन निर्देशन शुक्रराज शाहले सम्हाल्नेछन्।

हालै निर्माण टिमले चलचित्रका प्रमुख कलाकारहरूको नाम सार्वजनिक गरेको छ। सार्वजनिक सूची अनुसार चलचित्र ‘महाकाव्य’मा निम्न कलाकारहरूको अभिनय रहनेछ:
शेखर सुवेदी
अनुज कटवाल
रेशना भण्डारी
दिपिका थापा
रेजिना धमला
निर्जरा के.सी.
मोनिका कँडेल
अमु अधिकारी
उज्जयाल शर्मा र अरु पनि थपिने संभावना रहेको अझै कलाकार को टिम पुर्ण हुन बाकी रहेको जानकारी निर्माण टिमले जानकारी गराए।
निर्माण पक्षका अनुसार, चलचित्रको मुख्य भूमिकामा एक नयाँ कलाकारलाई प्रस्तुत गरिँदैछ, जसले शारीरिक रूपमा व्यापक रूपान्तरण गरेका छन् र हाल नृत्य तथा एक्सन तालिममा व्यस्त छन्।
‘महाकाव्य’को थिम पोस्टर हालै सार्वजनिक गरिएको छ, जहाँ दुई भालाबीचको टक्कर देखाइएको छ। यो दृश्यले चलचित्रको भिजुअल शैली र कथाको गहिराइलाई संकेत गर्छ।
भदौ महिनाबाट छायांकन सुरू गर्ने तयारीमा रहेको यो फिल्मले नेपाली सिनेमा क्षेत्रमा फ्यान्टेसी एक्सन शैलीको नयाँ अध्याय सुरु गर्ने विश्वास लिइएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्