एकता पौडेलको निर्देशनमा निर्माण भएको नयाँ सिनेमा ‘हर्ष’ मंसिर १२ गतेबाट प्रदर्शनमा आउने

नेपाली सिने क्षेत्रमा नयाँ ऊर्जा भित्र्याउँदै निर्देशक एकता पौडेलले आफ्नो डेब्यु निर्देशन ‘हर्ष’ सार्वजनिक गर्ने तयारीमा छन्। सोमबार सार्वजनिक गरिएको टाइटल भिडियोमार्फत सिनेमा मंसिर १२ गतेबाट देशभर प्रदर्शनमा आउने जानकारी दिइएको छ।

यो सिनेमा पौडेलले आफ्ना दिवंगत मामा तथा चर्चित निर्देशक शिव रेग्मीलाई समर्पण गर्दै सुरु गरेकी छिन्। न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म मेकिङ अध्ययन गरेकी पौडेलले व्यवस्थापन तथा नेतृत्वमा स्नातकोत्तर गरेकी छन् भने यसअघि केही छोटा फिल्मको निर्माण पनि गरिसकेकी छन्।
चितवनमै सम्पूर्ण छायांकन गरिएको ‘हर्ष’ अहिले पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ। पारिवारिक र सामाजिक कथावस्तुमा आधारित सिनेमाको कथा पनि स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। उनले आफू र आफ्नो टिमले दर्शकलाई जीवन्त अनुभूति दिने फिल्म बनाउने प्रयास गरेको बताएकी छन्।
कलाकारहरू:
फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन र संगीता नापितको अभिनय रहेको छ।
प्राविधिक पक्ष:
छायांकन: आलोक शुक्ला
संगीत: समीर/हिमाल, वसन्त सापकोटा, एलिश कार्की
सम्पादन: लोकेश बज्राचार्य
नृत्य निर्देशन: सुनिल क्षेत्री र एकता पौडेल
गीतकार: शिव रेग्मी, डा. कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्का
प्रोडक्सन म्यानेजर: ईश्वर घिमिरे
मुख्य सहायक निर्देशक: कुलदीप अधिकारी
निर्माण र वितरण:
‘हर्ष’ अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको हो। निर्माता प्रशन्न पौडेल र विकास पौडेल रहेका छन् भने कार्यकारी निर्माता हिक्मत चोखल हुन्। सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गर्नेछ र डिजिटल राइट्स बुढासुब्बा डिजिटलले खरिद गरेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्